Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जुम्लामा ज्ञानेन्द्र शाही दोब्बर मतले अगाडि

जुम्ला । जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले दोब्बरभन्दा बढी मतान्तरले अग्रता कायम गरेका छन् ।

मंगलबार मध्याह्न १२ बजेसम्मको मतगणना अनुसार, अहिलेसम्म १० हजार ४०० मत गन्दा उनले पाँच हजार ५६९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार गोमा कुँवरले दुई हजार ३६० मत पाएकी छन्।

नेकपा (एमाले)का उम्मेदवार रतननाथ योगी तेस्रोमा छन्। उनले एक हजार २९६ मत पाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077