Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले उपाधि दाबेदार अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

लुसाइल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले साउदीविरुद्ध सुरुआती अग्रता बनाएको छ ।

कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो।

अर्जेन्टिना कतार विश्वकप फूटबलको उपाधि दाबेदार टिम हो । यसअघि ब्राजिल विश्वकप फूटबलमा अर्जेन्टिना फाइनल पुगेर पनि उपाधि जित्नबाट चुकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077