काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा साउदी अरेबियाले दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनाविरुद्ध २ गाेल बराबरी गोल गरेकाे छ ।
१० औं मिनेटमा मेसीको पेनाल्टी गोलमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफको ४९ औं मिनेटमा गोल खाएको हो ।
खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले गोल गर्दै साउदीलाई २-१ को अग्रता दिलाएका छन् ।