Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बझाङमा मतगणना सुरु

    बझाङमा मतगणना सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 705
    SHARES

    बझाङ । बझाङमा मतगणना सुरू भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मंगलबार अपराह्नदेखि सुरु भएको हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ ठाउँमा मतगणना सुरु भएको छ ।



    बझाङबाट प्रतिनिधिसभा सदस्य पदका लागि सात जनाको उम्मेदवारी रहेको छ । नेकपा (एमाले) बाट ऐनबहादुर महर र लोकतान्त्रिक-वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी प्रतिस्पर्धामा छन् ।



    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामबहादुर जाग्री र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार