Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गुल्मी-१ मा राति १० बजेदेखि मतगणना हुने

    गुल्मी-१ मा राति १० बजेदेखि मतगणना हुने

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 993
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गुल्मीको अर्बेनीमा स्थगित भएको मतदान मंगलबार सम्पन्न भएको छ ।

    गुल्मीको निर्वाचन क्षेत्र नम्बर-१ को कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ र ‘ख’ केन्द्रमा स्थगित भएको मतदान मंगलबार पुनः गरिएको हो ।



    मतदान सकिएपछि मतपेटिकाहरू सदरमुकाम तम्घास ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ।



    सर्वदलीय बैठकपछि मंगलबार राति १० बजेदेखि नै मतगणना शुरु गरिने जनाइएको छ ।  यस क्षेत्रमा ६९६८३ जनाले मतदान गरेका छन् ।

    प्रतिनिधि सभातर्फ गुल्मी १ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवाली प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार