Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

उदयपुर २ मा एमाले उम्मेदवार रायमाझी जित नजिक

काठमाडौं । उदयपुरको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी जित नजिक पुगेका छन्।

५ हजार ११७ मत गणना हुन बाँकी रहँदा रायमाझीले लोकतान्त्रिक-बामगठबन्धनका साझा उम्मेदवार नेकपा एसका उपमहासचिव एंवम प्रवक्ता जगन्नाथ खतिवडालाई १ हजार ८६५ मतले पछि पार्दै जित नजिक पुगेका हुन्।

हालसम्म ३९ हजार ७५८ मत गणना सम्पन्न हुँदा रायमाझीले १३ हजार ४०४ मत पाएका छन्। उनका प्रतिस्पर्धी खतिवडाले ११ हजार ५३९ मत प्राप्त गरेका छन्।

खतिवडालाई स्वतन्त्र उम्मेदवार रामुकुमार राईले पछ्याई रहेका छन्। राईले ९ हजार ३३० मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ४४ हजार ८७५ मत झरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077