Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनसरी ३ मा एमालेकी चौधरीलाई अग्रता, कांग्रेसका गच्छदार तेस्रो स्थानमा

    सुनसरी ३ मा एमालेकी चौधरीलाई अग्रता, कांग्रेसका गच्छदार तेस्रो स्थानमा

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 783
    SHARES

    सुनसरी । सुनसरीका ४ वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार सुनसरीका दुई क्षेत्रमा नेकपा एमाले तथा एक/एक क्षेत्रमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् ।

    क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका मुक्साहाङ्ग सुब्बाले १८९८ मतका साथ अग्रता लिएका छन् भने उनलाई जनता समाज पार्टी (राजपा) का अशोककुमार राईले १५६८ मत ल्याएर पछ्याइरहेका छन् । रास्वपाकी गोमा तामाङ तेस्रो स्थानमा छिन् ।



    उनले १५०० मत ल्याएकी छन् । क्षेत्र नम्बर २ मा रास्वपाका लालबिक्रम थापाले अग्रता लिएका छन् । उनले नेकपा एमालेका भीम आचार्यलाई पछि पारेका छन् । थापाले २६५२ मत ल्याउँदा आचार्यले १७४४ मत ल्याएका छन् ।



    तेस्रो स्थानमा नेपाली कांग्रेसका सिताराम मेहताले १३३३ मत ल्याएका छन् । क्षेत्र नम्बर ३ र ४ मा एमालेले अग्रता लिएको छ । क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले रास्वपाका कमलबाबु मैनालीलाई पछि पारेकी छन् ।

    चौधरीले १६४६ मत ल्याउँदा मैनालीले १२६६ मत ल्याएका छन् । कांग्रेसका विजयकुमार गच्छदार रास्वपाका मैनालीभन्दा पछाडि परेका छन् । उनले १०३२ मत ल्याएका छन् ।

    क्षेत्र नम्बर ४ मा एमालेका जगदिशप्रसाद कुसियैत झिनो मतान्तरले अगाडि रहेका छन् । उनले नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई ५४ मतान्तरले पछि पारेका हुन् । कुसियैतले ३०८२ मत ल्याउँदा कार्कीले ३०२८ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार