काठमाडौं। कतारमा जारी फिफा विश्वकपमा मंगलबार साउदी अरबले दुई पटकको विश्व च्याम्पियन टोली अर्जेन्टिनालाई पराजित गर्दा ठुलो विवाद भएको छ ।
कतारको लुसेल रंगशालामा जारी समूह ‘सी’ को खेलमा १० औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
उनले साउदी अरबविरुद्ध पेनाल्टीमा गोल गरेका थिए । यो गोलसँगै अर्जेन्टिनाले खेलमा १–० को अग्रता बनाएको थियो ।
अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दोस्रो गोल गरे तर रेफ्रीले त्यसलाई अस्वीकार गरेका थिए । खेलको ४८औं मिनेटमा साउदीले पहिलो गोल गरेको थियो।अर्जेन्टिनाको टोलीलाई प्रतियोगिताको शुरुवातमा नै दावेदार मानिएको थियो ।
अब अर्जेन्टिनाले शनिबार मेक्सिकोको सामना गर्नेछ भने साउदी अरबले पोल्याण्डसँग खेल्नेछ। यदि मेस्सीले डिएगो म्याराडोनाजस्तै विश्वकप जितेर आफ्नो देशमा अमर बन्ने सम्भावना छ भने अर्जेन्टिनाले तुरुन्तै केही गर्नुपर्छ ।
मंगलबारको नतिजाले अर्जेन्टिनाको डिफेन्समा प्रश्न खडा गरेको छ । यसअघि अन्तर्राष्ट्रिय खेलमा लगातार ३७ खेल जित्ने कीर्तिमान इटालीको नाममा थियो ।
आजको खेलसँगै मेस्सी चार विश्वकपमा २० खेल खेल्ने पहिलो अर्जेन्टिनी खेलाडी बनेका छन् । तर आज साउदी अरबको टोलीले मेस्सीको गोल र उनको उपलब्धिको मजालाई बिगार्यो । मेस्सीअघि म्याराडोनाले अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा बढी २१ खेल खेलेका छन् ।
बिबिसीका अनुसार मेस्सीका स्ट्राइक पार्टनर मार्टिनेजले रोयटर्स समाचार एजेन्सीलाई भने, 'यसले धेरै पीडा दिएको छ। हामीले यो जितसँगै विश्वकप सुरु हुने सपना देखेका थियौं। तर यो भयो र हामीले भविष्यको बारेमा सोच्नुपर्छ।'
उनले भने, 'हामीले हाम्रो गल्तीका कारण यो खेल गुमायौं। हामीले यी गल्तीहरू दोस्रो हाफमा गरेका थियौं। हामीले हाम्रा गल्तीहरू सच्याउनुपर्छ।'
अर्जेन्टिनाको जितको लय अब तोडिएको छ ।
साउदी अरेबिया सन् १९९० मा क्यामरुनपछि विश्वकपमा अर्जेन्टिनालाई हराउने पहिलो टोली बन्यो।