Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भन्छन् - पारदर्शी जीवनशैली अपनाउँछु

    ईश्वर पोखरेलले दिए काठमाडौं-५ मा निर्वाचित प्रदीप पौडेललाई बधाई

    ईश्वर पोखरेलले दिए काठमाडौं-५ मा निर्वाचित प्रदीप पौडेललाई बधाई

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 780
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नं ५ का विजयी उम्मेदवार प्रदीप पौडेललाई बधाई दिएका छन् ।

    काठमाडौं क्षेत्र नम्बर ५ मा आफूलाई पराजित गर्दै पौडेल निर्वाचित भएपछि पोखरेलले बधाई दिएका हुन् ।



    निर्वाचन परिणामको औपचारिक घोषणा हुनुअघि नै उनले निर्वाचन विजयी नभए पनि भविष्यमा जनतासँगै सम्बन्ध र सम्पर्कलाई थप जीवन्त बनाउने, विकास निर्माणका चाहना र आवश्यकतालाई सधैं उच्च प्राथिमकता राख्ने प्रतिबद्धता व्यक्त गरे । यस निर्वाचनमा आफूलाई मत दिनेहरूलाई धन्यवादसमेत दिएका छन् ।



    ‘मैले उमेदवारी दिएको क्षेत्र–काठमाडौं ५ मा मैले यस क्षेत्रको प्रतिनिधि भएर जीवनका लागि कहिल्यै बिर्सन नसक्ने धेरै उपयोगी कुराहरू सिकेको छु ! यसरी शिक्षा र प्रेरणा प्रदान गर्नुहुने सबैप्रति मेरो सधै उच्च आदरभाव रहिरहनेछ १ म आफ्नो बाँकी जीवन देश, जनता, परिवर्तनको अभियान तथा आफू सम्बद्ध रहेको पार्टी–नेकपा एमालेप्रति समर्पित रहिरहनेछु,’ उनले फेसबुमा लेखेका छन् ।

    पोखरेल क्षेत्र नम्बर ५ का निर्वतमान सांसद हुन् । २०७४ सालको आमनिर्वाचनमा उनले कांग्रेसका उम्मेदवार प्रकाशशरण महतलाई करिब १० हजार मतान्तरले हराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार