Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं-२ मा घन्टीको दोस्रो जित, सोविता गौतम निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएकी छिन् ।

घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार गौतमले १५ हजार २२९ मत पाएकी छन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत प्राप्त गरे ।

उनीहरूको मतान्तर ३ हजार ६७४ रहेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छिन् । उनले ११ हजार ४१४ मत ल्याएकी छन्।

गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती ९ हजार ४४८ मत ल्याउँदै चौथो स्थानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077