Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तनहुँ-१ मा रामचन्द्र पौडेलको अग्रता कायमै, पछिपछि एकबहादुर

तनहुँ । तनहुँ-१ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार २२ हजार ९२७ मतगणना हुँदा पौडेलले ८ हजार ६७५ मत पाए ।

नेकपा एमालेका एकबहादुर राना मगरले ७ हजार २३ मत ल्याउँदै उनलाई पछ्याएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार विकास सिग्देलले २ हजार ३९९ मत, स्वतन्त्र उम्‍मेदवार गोविन्दराज जोशीले १ हजार ७२९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले १ हजार ५५ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077