Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • गुल्मी-१ को मतगणना बिहान ११ बजेदेखि हुने

    गुल्मी-१ को मतगणना बिहान ११ बजेदेखि हुने

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 600
    SHARES

    बुटवल । गुल्मी क्षेत्र नम्बर १ को मतगणना आज बिहान ११ बजेदेखि हुने भएको छ।

    जिल्ला प्रशासन कार्यालयमा बिहान बसेको सर्वदलीय बैठकमा मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।



    गुल्मी १ अन्तर्गत कालिगण्डकि गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा स्थगित भएको मतदान मंगलबार सम्पन्न भएपछि मतगणना सुरु गर्न लागिएको हो।



    मंसिर ४ गतेको निर्वाचनमा निर्वाचन अधिकृतले प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षको मतपत्र दिएपछि मतदान स्थगित भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार