Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सोविता गौतम भन्छिन्- देशमा परिवर्तनको सुरुवात भइसक्यो, कोहि नेपाली आत्तिनु पर्दैन

काठमाडौं । काठमाडौं –२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छन् ।

बुधबार प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेपछि संचारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।

उनले अब देशमा परिवर्तको सुरुवात भइसकेकाले कोही पनि नेपालीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताइन् ।

उनले अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने बताइन् ।

गौतमले जनताले जित नभएर जिम्मेवारी सुम्पिएको बताएकी छन्।

गौतम १५ हजार २ सय २९ मतसहित निर्वाचित भएकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077