Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रामकुमारी झाँक्रीले भनिन् - निर्वाचनबाट विश्वविद्यालयमा पढेभन्दा बढि ज्ञान पाए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेतृ एवम् गुल्मी २ बाट पराजित रामकुमारी झाँक्रीले निर्वाचन रोमाञ्‍चक भएको बताएकी छन् ।

एमालेका गोकर्ण विष्टलाई बधाई दिँदै झाँक्रीले यो निर्वाचनबाट ज्ञानको हिसाबले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढेभन्दा बढि पाएको बताएकी छन्।

झाँक्रीले भनिन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ ।'

झाँक्रीले निर्वाचनमा जय र पराजय सामान्य प्रक्रिया रहेको बताइन् ।

झाँक्रीले भनिन्, ‘मेरो पक्षमा हजारौं मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधैं ऋणी हुनेछु । यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्यहरू,

गठबन्धन दलका नेतृत्वगण र नेता कार्यकर्ता साथीहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू,

संवयम सेवक र पत्रकार साथीहरू मेरा समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।’

एमालेका विष्टले २८ हजार ४८५ मत प्राप्त गर्दा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077