Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • रामकुमारी झाँक्रीलाई जिताउन नसकेपछि पार्टीका जिल्ला अध्यक्षद्धारा राजीनामा

    रामकुमारी झाँक्रीलाई जिताउन नसकेपछि पार्टीका जिल्ला अध्यक्षद्धारा राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदका लागि उम्मेदवार नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पराजित भएसँगै पार्टीका जिल्ला अध्यक्षले राजीनामा दिएका छन् ।

    झाँक्री नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टसँग पराजित भएपछि अध्यक्ष श्रीराम महतले राजीनामा दिएका हुन् ।



    उनले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै आफूले नैतिकताका आधारमा राजीनामा दिएको जानकार दिएका छन् । ‘गुल्मी क्षेत्र नम्बर २ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी जिल्ला अध्यक्ष पदबाट राजीनामा गरेको जानकारी गराउँदछु,’ उनले लेखेका छन् ।

    गुल्मी क्षेत्र नम्बर २ मा बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार