Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विश्वकपमा स्पेनको हालसम्मकै ठूलो जित, कोस्टारिका ७-० ले पराजित

एजेन्सी । फिफा विश्वकप अन्तर्गत गएराति खेलमा स्पेनले कोस्टारिकामाथि फराकिलो जित निकालेको छ ।

कतारस्थित अल थुमना स्टेडियममा सम्पन्न समूह 'ई' को खेलमा स्पेनले ७-० गोलको फराकिलो जित निकालेको हो ।

खेलको ११ औं मिनेटमै ड्यानी ओल्मोको गोलमा अग्रता लिएको स्पेनका लागि २१ औं मिनेटमा मार्को एसेन्सियो दोस्रो गोल थपे।

त्यस्तै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ३१ औं मिनेटमा फेरान टोरेसले गोल थप्दा पहिलो हाफमा स्पेन तीन गोलले अघि रह्यो।

दोस्रो हाफमा टोरेसले फेरि गोल गर्दै अग्रता फराकिलो बनाउँदै लगे। उनले ५४ औं मिनेटमा गोल गर्दा गाभिले ७४, कार्लोस सोलेरले ९० र अल्भारो मोराटाले इन्ज्युरी समयमा गोल थपे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077