Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन उपसचिवसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिँचाई आयोजनामा भ्रष्टाचार गरेको भन्दै उपसचिव र सवइन्जिनियरसहित पाँचजनाविरुद्ध मुद्दा दायर गरेको छ।

कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख उपसचिव डा.तपेन्द्र बहादुर शाह र सव-इन्जिनियर महेश बुढ्थापा तथा उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँचबहादुर सेजुवाल,

सचिव माया केसी भाम र कोषाध्यक्ष बिजकन्या भामविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुगु छायाँनाथ रारा नगरपालिका वडा नं.४ बालैस्थित गैराज्युला कृषि सिंचाईं आयोजनामा नभएको काम देखाइ बढी रकम मूल्याङ्कन गरेर झुठ्ठा बिल भरपाई,

नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा भुक्तानी दिएर भ्रष्टाचार गरिएको अख्तियारको दावी छ। यसरी दुई लाख ११ हजार भुक्तानी दिइएको थियो।

सबइन्जिनियर बुढ्थापाले नक्कली बिल भरपाइ, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन बनाई पेश गरेको र सोही नापी किताब एवं कार्य

सम्पन्न प्रतिवेदनलाई एकिन नगरी हचुवाको भरमा स्वीकृत गरी तत्कालीन प्रमुख शाहले उपभोक्ता समितिलाई भुक्तानी दिएको अख्तियारको आरोप छ।

शाह र बुढ्थापाविरुद्ध दुई लाख ११ हजार बिगो कायम गरिएको छ। गैराज्युला कृषि सिंचाईं निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सेजुवाल, सचिव माया र कोषाध्यक्ष बिजकन्याले सिंचाईं आयोजनामा झुठ्ठा नापी किताब,

मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गराइ आयोजनास्थलमा वास्तविक भएको कामभन्दा बढी मूल्यांकन गराइ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ। उपभोक्ता समितिका तीनै पदाधिकारीविरुद्ध दुई लाख ११ हजार बिगो कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077