Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विश्वकप फुटबल : गोलरहित बराबरीमा रोकिए उरुग्वे र दक्षिण कोरिया

काठमाडौं । फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरिया र उरुग्वे बराबरीमा रोकिएका छन् ।

एजुकेसन सिटी स्टेडियममा बिहीबार राति भएको समूह ‘एच’को खेलमा कोरिया र उरुग्वे गोलरहित बराबरीमा रोकिएका हुन् ।

पूर्वविश्व च्याम्पियन उरुग्वेलाई एसियाको बलियो राष्ट्र दक्षिण कोरियाले गोलरहित बराबरीमा रोकेको हो ।

उरुग्वेका खेलाडीले हानेका दुईवटा प्रहार क्षिण कोरियाको गोलपोस्टमा लागेर फर्किएको थियो। पहिलो हाफमा कप्तान डिएगो गोडिनले गरेको हेडिङ पोलमा लागेर फर्किएको थियो।

दोस्रो हाफमा फेड्रिगो भाल्भाडेले हानेको लामो सर्ट पोलमा लागेर बाहिरियो। पहिलो हाफमा कोरियाका ह्वाङ उल जोले पनि गोलको अवसर गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077