Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक लाख १५ हजार म्यादी प्रहरी घर फर्किए

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी बिहीवारदेखि बिदा भएका छन् ।

देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी बिहीवारबाट बिदा भएका हुन् ।

छोटो समयको तालिमका बाबजुद तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी निर्वाचनलाई सफल बनाउन सहयोग गरेकामा धन्यवादसहित म्यादीलाई बिदाइ गरिएको नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र मातहतको कार्यालयबाट प्रमाणपत्रसहित म्यादी प्रहरी घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077