Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्राइडे रिलिज : हलमा सलोनको 'मीलन'भर्सेस वरुणको 'भेडिया'

काठमाडौं । आज शुक्रबार हलमा एक नेपाली र एक बलिउड फिल्म प्रदर्शनमा आएका छन्।

नेपाली फिल्मतर्फ सलोन बस्नेत अभिनीत ‘मीलन’ र बलिउड फिल्मतर्फ वरुण धवन अभिनीत ‘भेडिया’ प्रदर्शनमा आएका हुन्।

टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्म ‘मीलन’ मा अभिनेता सलोन बस्नेत, कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको मुख्य भूमिका छ। यसै फिल्मबाट कुशल र शिल्पाले डेब्यु गर्दैछन्।

फिल्ममा सुमिन गुरुङ, शिशिर बांग्देल, विशाल पहाडी, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायत कलाकारको अभिनय छ।

बलिउड फिल्म ‘भेडिया’ भारतसँगै नेपालमा पनि प्रतीक्षित फिल्म हो । फिल्मले नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित राजधानी र मोफसलका राम्रो शो पाएको छ ।

हरर कमेडी फिल्ममा वरुण धवन, कृति सेनन, दीपक दोब्रियाल, अभिषेक बर्नेजी, पलिन कबकलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077