Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

वेल्स र इरानबीचको पहिलो हाफ गोलविहीन

काठमाडौं । फिफा विश्वकपमा ६४ वर्षपछि छनोट भएको वेल्सले इरानविरुद्ध जारी खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको छ।

समूह ‘बी’अन्तर्गत पहिलो खेलमा अमेरिकासँग १–१ गोलको बराबीमा रोकिएको वेल्स आजको खेलमा जित निकाल्दै नकआउट प्रवेशको सम्भावना प्रवल बनाउन चाहन्छ।

यद्यपि, सन् २००६ यता विश्वकपका सुरुआती दुई खेलमा लगातार पराजित नभएको इरान पनि तीन अंक हासिल गर्ने लक्ष्यमा छ।

यद्यपि पाएका मौका सदुपयोग गर्न नसक्दा दुवै टिमले अग्रता लिन सकेनन्। इरानका घोलिजादेहले १६औं मिनेटमा गरेको गोल भीएआरले रद्द गरिदिएको थियो।

वेल्सका कप्तान ग्यारेथ बेलले ३०औं मिनेटमा भलीमार्फत गरेको प्रहार सोझै इरानी गोलकिपरको हातमा परेको थियो। समूह चरणको अन्तिम खेलमा वेल्सले इङ्ल्यान्ड र इरानले अमेरिकासँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077