Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सात हजार घुससहित सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ हजार घुससहित सशस्त्र प्रहरीको एक जनालाई पक्राउ गरेको छ ।

नवलपरासी बर्दघाट (सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई घुससहित पक्राउ गरेको हो ।

देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका

आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले देवानलाई सेवाग्राहीबाट ७ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित शुक्रबार पक्राउ गरेको हो ।

देवानलाई उक्त रकमसहित नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतापपुर गाउँपालिका वडा नं। १ सिसहनियाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077