Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाहीले गरे ‘ह्याट्रिक’

    कालिकोटमा माओवादीका महेन्द्रबहादुर शाहीले गरे ‘ह्याट्रिक’

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 630
    SHARES

    कालीकोट । कालिकोटबाट प्रतिनिधिसभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गर्दै ‘ह्याट्रिक’ गरेका हुन् ।

    वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्रले १६ हजार ४१० मत पाएका छन्।



    निर्वाचित शाही नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् । यसअघि ०७० र ०७४ मा पनि उनले चुनाव जितेका थिए । ०७४ मा प्रदेश झरेर मुख्यमन्त्री बनेका उनी योपटक प्रतिनिधिसभा चुनाव लडेका हुन् ।



    माओवादीभित्र प्रभावशाली नेताको छवि बनाएका उनी राष्ट्रिय राजनीतिमा प्रभाव बढाउनका लागि प्रतिनिधिसभा रोजेको बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार