Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कर्णालीका मुख्यमन्त्री शाहीले किन दिए राजीनामा ? (सम्बोधनको पूर्णपाठ)

    कर्णालीका मुख्यमन्त्री शाहीले किन दिए राजीनामा ? (सम्बोधनको पूर्णपाठ)

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.6K
    SHARES

    वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। शाहीले सोमबार राजीनामा दिएका हुन्।

    शाहीले पद सम्हालेको ३ वर्ष ८ महिनापछि राजीनामा दिएका हुन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति र आग्रहअनुसार जिम्मेवारीबट बिदा लिएको बताइएको छ।



    गठबन्धनमा मुख्यमन्त्री अब नेपाली कांग्रेसले लिने सहमति भएको छ। सोमबार मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकारले गरेका कामको विवरण प्रस्तुत गरे र राजीनामा घोषणा गरेका थिए।



    मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा दिएको बताए। इमानको राजनीति गर्ने मान्छे भएकाले समहतिअनुसार पद त्यागेको उनको भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार