Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माओवादी सांसद शाहीले भने – यो बजेट मन्त्री र ठूला नेता केन्द्रित छ

    माओवादी सांसद शाहीले भने – यो बजेट मन्त्री र ठूला नेता केन्द्रित छ

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 663
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्य नमिलेको बताएका छन्।

    सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभाको आइतबारको बैठकको छलफलमा बोल्दै सांसद शाहीले यस्तो बताएका हुन् ।



    सांसद शाहीले बजेट बनाउँदा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटै नभएजस्तो अनभूति हुन पुगेको बताए।



    सांसद शाहीले भने,‘सरकाले बजेट सदनमा पेश गरेको छ। सरकारको नीति तथा कार्यक्रम र बजेट हेर्दा मेल खाएजस्तो लाग्दैन। सायद प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेट भएन कि भन्ने अनुभूति भइरहेको छ। नीति तथा कार्यक्रम एकातिर छ, बजेट केन्द्रित अर्कोतिर भएको मैले यहाँ अनुभूति गरेको छु। यो बजेट पनि संघीयताको मूलमर्ममा केन्द्रित नभएर ल्याइयो । मन्त्री भएकै ठाउँमा बजेट ल्याउने हो भने ठूलो समस्या सिर्जना गर्छ।’

    सांसद शाहीले मन्त्री र ठूला नेताकेन्द्रित योजना आएको बताए । मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा अर्बौंका योजना लगेको र बजेट पास गर्नका लागि सांसदहरूलाई पाँच करोड छुट्याइएको सांसद शाहीको भनाइ छ ।

    अहिलेको आर्थिक संकट नै मुख्य चुनौती भएकाले त्यसबाट पार पाउन गरी बजेट आउनुपर्ने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार