Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कर्णाली प्रदेश

    सरकारमा सहभागी तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

    सरकारमा सहभागी तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असार २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।

    आज बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बाेलाउने निर्णय गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।



    गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए ।



    फ्लोर क्रसगरेपछि एमालेलेको कारबाहीमा परेका उनीहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार