Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

    मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 651
    SHARES

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

    क्लबका अध्यक्ष विजय घलेले सोमबार सामाजिक संजाल फेसबुकबाट श्रेष्ठले प्रमुख प्रशिक्षकबाट व्यक्तिगत कारण देखाएर राजीनामा दिएको पुष्टि गरे ।



    नयाँ प्रशिक्षक नियुक्तिका लागि सोमबार साँझ क्लबका पदाधिकारीबीच छलफल हुने बताईएको छ ।



    मनाङ लिगमा अहिलेसम्म भएका १३ मध्ये ४ जित, ३ बराबरी र ६ हारको नतिजासहित अंकतालिकाको दशौं स्थानमा छ ।

    ‘ए’ डिभिजन लिग इतिहासमा सबैभन्दा धेरै ८ पल्ट लिग जितेको मनाङको खराब लय नै पशिक्षक राजीनामाको मुख्य कारण रहेको देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार