एजेन्सी । कतारमा जारी फिफा विश्वकपको पहिलो रातो कार्ड वेल्सका गोलकिपर वाइन हेन्नेसीले पाएका छन् ।
दोहास्थित मोहम्मद बिन अली रंगशालामा जारी समूह 'बी' अन्तर्गत इरानविरुद्धको खेलको ८५औं मिनेट उनले रातो कार्ड पाएका हुन् ।
इरानी फरवार्ड अलिरेजा याहानबाकासलाई गरेको खराब फाउलका कारण ग्वान्टेमालाका रेफ्री मारियो इस्कोबारले रातो कार्ड दिए ।
स्टपरलाई सुरुमा पहेँलो कार्ड दिइएको थियो । तर, भिडियो सहायक रेफ्रीको हस्तक्षेपपछि ८६औँ मिनेटमा रातो दिइएको हो ।