Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बारा २ बाट जसपाका रामसहाय यादव विजयी

बारा । बारा २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

जसपाका यादवले १३ हजार ८२३ मत पाए । माओवादीका कुशवाहाले १३ हजार ४६८ मत ल्याए । यस्तै स्वतन्त्र रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत पाए ।

अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५० मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७ हजार ६९८ मत ल्याए ।

जनमत पार्टीका राजेश साहले २ हजार ७२५ मत र नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले एक हजार १११ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077