Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाजुराको बूढीनन्दा–५ मा आज पुनः मतदान हुँदै

    बाजुराको बूढीनन्दा–५ मा आज पुनः मतदान हुँदै

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 576
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा आज पुनः मतदान हुँदैछ ।

    स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदानको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



    बाजुराकै अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको त्रिवेणी, बूढीगङ्गालगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको छ।



    घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ। टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार