Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विश्वकप फुटबल : अमेरिकासँग गोलरहित बराबरीमा रोकियो इंग्ल्याण्ड

एजेन्सी । इंग्ल्याण्ड विश्वकपको दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको छ ।

कतार विश्वकप अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा इंग्ल्याण्ड अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको हो ।

अल बायत स्टेडियममा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएका राम्रा अवसर सदुपयोग गर्न सकेनन्। अमेरिकाविरुद्ध बल पोसेसनमा पकड जमाए पनि इंग्ल्याण्ड गोल गर्न असफल रह्यो।

इंग्ल्याण्डविरुद्ध अमेरिका पहिलो हाफमै गोलको राम्रो मौकाबाट चुक्यो। क्रिस्टियन पुलिसिचको प्रहार पोलमा लाग्दा सम्भावित अग्रताबाट अमेरिका चुकेको थियो।

बराबरीसँगै इंग्ल्याण्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077