Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • उच्च सुरक्षाबीच बुढीनन्दा नगरपालिका-५ मा पुन: मतदान जारी

    उच्च सुरक्षाबीच बुढीनन्दा नगरपालिका-५ मा पुन: मतदान जारी

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    बाजुरा । मतदानका क्रममा भएको विवादका कारण मंसिर ४ मा स्थगित बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी माविमा उच्च सुरक्षाकाबीच मतदान जारी छ ।

    शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मंसिर ४ गते को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएपछि मतदान स्थगित गरिएको थियो ।



    मंसिर ७ गते स्थगित गरिएको निर्वाचन निर्वाचन आयोगले पुनः मंसिर १० गते गर्ने भनेर सुचना जारी गरेको थियो। बिहान सात बजेबाट सुरु भएको मतदान केन्द्रमा मतदाताको उल्लेखनीय उपस्थिति रहेको छ ।



    मतदान केन्द्रमा सुरक्षा ब्यवस्था कडा परिएको छ ।पुनः मतदानका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) हरूको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार