Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाजुराको बुढीनन्दा-५ मा रोकिएको मतदान शान्तिपूर्ण सकियो, ५९७ मत खस्यो

    बाजुराको बुढीनन्दा-५ मा रोकिएको मतदान शान्तिपूर्ण सकियो, ५९७ मत खस्यो

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका ५ मा पुनः मतदान शान्तिपूर्ण रुपमा सकिएको छ । सो मतदान स्थलका ९ सय ९९ मतदाता रहेकामा ५ सय ९७ मत खसेको बताइएको छ ।

    बूढीनन्दामा मतदान सकिए पनि बाजुरामा मतगणना गर्न भने अझै केही दिन पर्खनुपर्नेछ । कांग्रेस र एमालेका कार्यकर्ताका झपडका कारण मंसिर ४ मा निर्वाचक रोकिएको थियो।



    निर्वाचन आयोगले पुन मंसिर १० मा निर्वाचन गर्ने निर्णय गरेको थियो । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार ९९९ मतदाता रहेको मतादान केन्द्रमा ५९७ जनाले मतदान गरेका छन्। जसमा २८५ जना महिला र ३१२ पुरुषले मतदान गरेको जनाएको छ।



    बाजुरामा मतदानमा झडपका कारण त्रिवेणीमा दुई जनाको मृत्यु भएको छ। जसका कारण मतगणना अझै सुरु हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार