Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ओलीको निर्देशन - समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक छ, चनाखो रहनू

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको बताएका छन् । शनिबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले उक्त कुरा बताएका हुन् ।

एउटा पार्टीलाई आएको केही मत तीन प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य भएको हुनसक्ने अध्यक्ष ओलीले आशंका व्यक्त गरे ।

‘सुरू देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ,’ उनले भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ।’

उनले जिल्लामा मतगणनास्थलमा रहेका कार्यकर्ताहरूलाई चनाखो हुन पनि भनेका छन्। साथै मतगणनामा प्रतिनिधि रहेकाले मत परिणामको मुचुल्काको प्रति फेसबुकमा म्यासेज गर्न पनि अनुरोध गरेका छन्।

निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । यसपटकको समानुपातिकमा १ करोड बढी मत खसेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077