Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विश्वकप फुटबल : पहिलो हाफमा पोल्याण्डको अग्रता

काठमाडौं । पोल्यान्डले फिफा विश्वकपको समूह ‘सी’अन्तर्गत साउदी अरबविरुद्ध जारी खेलको पहिलो हाफमा १(० को अग्रता बनाएको छ ।

एजुकेशन सिटी रंगशालामा जारी खेलको ३९औं मिनेटमा कप्तान रोबर्ट लेवान्डोस्कीले दायाँ तर्फबाट गरेको क्रसमा १८ यार्ड बक्स भित्र अन्मार्क्ड रहेका जेलेन्सकीले उत्कृष्ट गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाएका हुन्।

पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा पोल्यान्डका क्रिस्टियान बेलिकले सली अल शेहेरीलाई पेनाल्टी एरियामा फाउल गरेपछि साउदीले पेनाल्टी पाएको थियो।

यद्यपि, सलिम अल(दावसरी पेनाल्टीमा चुक्दा साउदीले बराबरी गर्ने मौका गुमाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077