Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विश्वकप फुटबल : मेक्सिकोविरुद्ध अर्जेन्टिनाको रोमाञ्चक जित

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले पहिलो जित हात पारेको छ। समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हराएको हो ।

पहिलो खेलमा साउदी अरेबियासँग २(१ गोलले पराजित अर्जेन्टिनाका लागि आजको खेलमा मेसी र फर्नान्डेजले एक एक गोल गरे।

जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा पुग्ने आसा जीवितै राखेको छ। समूहमा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ३ अंक भएको छ।

शीर्ष स्थानको पोल्यान्डको ४ अंक छ भने साउदीले ३ अंक र मेक्सिकोले १ अंक जोडेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077