Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

निर्वाचनमा अन्तरघात गरेको भन्दै वडा इन्चार्जमाथि कुटपिट

स्याङ्जा । नेकपा एमाले स्याङ्जामा अन्तरघात गरेको भन्दै कुटपिट भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. १ मा एमालेतर्फका उम्मेदवार नारायणप्रसाद मरासिनी कांग्रेसका उम्मेदवार राजु थापासँग पराजित भएपछि अन्तरघातको आशंकामा एमाले समर्थित युवाहरुले एमाले वडा इन्चार्जलाई कुटपिट गरेका हुन्।

पुतलीबजार नगरपालिका अभियानपथमा बस्दै आएका सुवेदीको घरभित्रै पसेर शनिबार साँझ युवाहरुले सांघातिक आक्रमण गरेको प्रहरीले जनाएको छ।

आक्रमणका कारण ४९ वर्षीय सुवेदी घाइते भएका छन्।

उनको टाउको र शरीरका विभिन्न भागमा चोट छ। सुवेदीको टाउकोमा टाँका लगाइएको छ। जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा लगिएको पारिवारिक स्रोतले जनाएको छ। तर, अवस्था भने सामान्य रहेको बताइएको छ।

कुटपिटमा संलग्न रहेको भन्दै डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ। कुटपिटमा संलग्न युवाहरु फरार छन्।

उनीहरुको खोजिकार्य भइरहेको स्याङ्जा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077