Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चाँदीसहित पक्राउ परेका सरोज मन्सुरविरुद्ध राजस्व छलीको मुद्दा दायर

    चाँदीसहित पक्राउ परेका सरोज मन्सुरविरुद्ध राजस्व छलीको मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 651
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागले चाँदीसहित पक्राउ परेका सरोज मियाँ मन्सुरविरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरेको छ ।

    अनुसन्धानका क्रममा राजश्व छली गर्ने उद्येश्यले चाँदीको कारोबार गरेको पुष्टी भएपछि पाटन उच्च अदालतमा मुद्धा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।



    मन्सुर गत १ कात्तिकमा पोखरामा ११४ तोला चाँदी र ५७ हजार रुपैयाँ नगदसहित पक्राउ परेका थिए ।



    उनलाई राजस्व चुहावटको कसुरमा ५ लाख ४४ हजार ८७४ रुपैयाँ बिगो, बरामद चाँदी जफत र सोको मूल्य बराबर जरिवाना र कैद सजाय माग गरिएको विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार