Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इलाम १ मा झलनाथ खनाल एमालेका बस्नेतसंग हार्ने निश्चित

    इलाम १ मा झलनाथ खनाल एमालेका बस्नेतसंग हार्ने निश्चित

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 825
    SHARES

    इलाम । इलाम–१ मा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको हार निश्चित भएको छ ।

    मतगणना नसकिदै खनाल पराजयनजिक पुगेका हुन् । इलाम क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा खनाल नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग २५ सय मतले पछाडि परेका छन् ।



    इलाम १ मा सातौंपटक उम्मेदवार बनेका खनालले यसपटक आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँगको प्रतिस्पर्धामा सुरूदेखि नै पछि परे ।



    पछिल्लो गणनाअनुसार बस्नेत २४ हजार ३०४ मतसहित अग्रस्थानमा रहदा खनाल २१ हजार ८०२ मतका साथ पछ्याइरहेका छन् ।

    कुल ५९ हजार ९०६ मत खसेकोमा अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ । खनाल २५ सय मतले पछाडि परेकाले अब ३ हजार जति गन्न बाँकी मतबाट उनले जित निकाल्न छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार