Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनको शिनजियाङ्गमा शून्य कोभिड नीतिविरुद्ध विरोध प्रदर्शन, राष्ट्रपति सीको राजीनामा माग

शिनजियाङ्ग । चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रर्दशन हुन थालेको छ ।

गएको बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको ज्यान गएपछि विरोध प्रदर्शन भइरहेको हो । विरोध प्रदर्शनमा रहेकाहरुले कोरोना महामारी विरुद्ध लगाएको कडा प्रतिबन्धका कारण आगलागीमा परेकाहरु बाहिर निस्कन नसकेका र उनीहरुको ज्यान गएको आरोप लगाएका छन् ।

साङ्घाई शहरमा सयौँ मानिसहरूले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडिउो विदेशी पत्रकारहरूले पोस्ट गरेका छन् ।

त्यसलाई चिनियाँ नेतृत्व विरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ । कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिनिपङको राजीनामा माग गरिरहेका छन् ।

चीनको उरुमचीमा कोराना रोकथामका लागि भन्दै लगाइएको कडा प्रतिबन्ध विरुद्ध नाराबाजी भइरहेको भइरहेको बीबीसीले जनाएको छ ।

उनीहरुले लकडाउन हटाउन माग गरेका छन् । चीनमा कडा प्रतिबन्धका बाबजुत पनि सङ्क्रमण फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077