Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘महापुरुष’ को १० करोड ग्रस कमाईपछि निर्माताले केक काटेर बाँडे खुसी

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा १० करोड रुपैयाँ बढीको ग्रस कमाइ गरेको छ ।

प्रदर्शनको ३१ औं दिन शनिबारसम्म फिल्मले १० करोड १४ लाख रुपैयाँ कमाएको हो ।

फिल्मले दुई अंकको कमाइ गरेपछि निर्माताले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केक काटेर सफलताको खुसीयाली मनाए ।

कार्यक्रममा फिल्मका निर्माता, निर्देशक, कलाकार र प्राविधिक सहभागी थिए ।

प्रौढ पुरुषको एक्लोपन र पुनर्विवाहको कथा प्रस्तुत गर्ने फिल्म चुनाव र विश्वकप फुटबलको माहोलमा पनि अहिले राम्रै अकुपेन्सीसहित चलिरहेको छ ।

फिल्ममा हरिवंशसहित गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराइलीको प्रमुख अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077