Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामचन्द्र पौडेललाई माधव नेपालले भने - अब प्रधानमन्त्रीको हकदार तपाईँ हो

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ । प्रधानमन्त्री पदमा दावी गर्दै आएका पौडेल आज बिहान नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन् ।

नेता नेपालले अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्नेमा पनि जोड दिए। भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको बताइएको छ ।

पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोगका लागि नेपालसँग आग्रह गरेका छन् । माधव नेपालले गठबन्धन बनाउन योगदान गरेकाले अब प्रधानमन्त्रीको हकदार तपाईँ भन्दै पौडेललाई भनेका छन् ।

सहयोग गर्ने वचन दिँदै माधवले समकालीन सबै प्रधानमन्त्री भइसकेकाले गठबन्धन बनाउन पनि योगदान गरेको हुँदा पौडेललाई तपाईँमात्र बाँकी भन्दै प्रधानमन्त्रीको हकदार तपाईं हो भनेको निकट स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायत पनि प्रधानमन्त्रीको दाबेदार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077