Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाजुराका विद्यार्थी नेता अयडीको शव ९ दिनपछि आज उठाइने

    बाजुराका विद्यार्थी नेता अयडीको शव ९ दिनपछि आज उठाइने

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 822
    SHARES

    बाजुरा । बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको शव सोमबार उठाइने भएको छ।

    अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव आज नौ दिनपछि उठाइने भएको हो।



    मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात नेपाली कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका अयडीको शव अहिले ९ बजे श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। त्यसपछि उनको शव दाहसंस्कारका लागि लगिने बताइएको छ।



    निर्वाचनका दिन घरभित्रबाटै अयडीलाई तानेर ल्याएर कांग्रेस कार्यकर्ताले निर्घात कुटपिट गरेका बताइएको छ। कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

    बयलपाटा अस्पतालबाट ल्याएर पोष्टमार्टमका लागि चेतनको शव जिल्ला अस्पताल बाजुरामा राखिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार