Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबलमा बेल्जियम मोरक्कोसँग पराजित भएपछि राजधानी ब्रसेल्समा प्रदर्शन

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा बेल्जियमले हार ब्यहोरेपछि समर्थकहरूले बेल्जियमकाे राजधानी ब्रसेल्समा ब्यापक प्रदर्शन गरेका छन् ।

बेल्जियममा रहेका मोरोक्कोका समर्थकहरुले मोरोक्कोको झण्डासहित खुशियाली मनाएपछि आक्रोशित बेल्जियमका समर्थकहरुले राजधानी ब्रसेल्समा प्रदर्शन गरेका हुन् ।

प्रर्दशनकारीहरूले पार्किङमा राखिएका कारहरूमा आगजनी गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन कयौं सेल अश्रुग्याँस समेत प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ । सोही क्रममा केही प्रर्दशनकारी घाइते भएका छन् भने केहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

आइतबार सम्पन्न खेलमा मोरक्कोले बलियो मानिएको बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077