Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अझै सुरु भएन उदयपुर १ को मतगणना

    अझै सुरु भएन उदयपुर १ को मतगणना

    मुख्य निर्वाचन अधिकृत निर्वाचन आयोगको निर्देशन कुर्दै

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 1.3K
    SHARES

    उदयपुर । उदयपुर क्षेत्र नम्बर  १ को मतगणना आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

    प्रतिनिधिसभाको मतगणनाको क्रममा एक सयभन्दा बढी मतपत्र प्रदेशसभाको फेला परेपछि सुरु भएको विवादका कारण गणना रोकिएको हो ।



    यो क्षेत्रको मत गणना आइतबार बिहान साढे १० बजेदेखि नै रोकिएको छ । नेकपा एमालेले पुनः मतदानको र नेपाली कांग्रेसले तत्काल मतगणनाको माग राखेका छन् ।



    के गर्ने भनेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगमा पत्राचार गरेको छ । निर्वाचन आयोगबाट त्यसको जवाफ नआएकाले आज दिउँसो १ बजेसम्म मतगणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उदयपुर क्षेत्र नं। १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डा.नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् । मतगणना रोकिनु अगाडिसम्म खड्काले अग्रता लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार