Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाजुरामा हत्या गरिएका अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको नौ दिनपछि दाहसंस्कार

    बाजुरामा हत्या गरिएका अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको नौ दिनपछि दाहसंस्कार

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 645
    SHARES

    बाजुरा । गत मंसिर ४ गते हत्या गरिएका नेकपा एमालेनिकट अनेरास्ववियुका नेता चेतन अयडीको नौ दिनपछि दाहसंस्कार गरिएको छ।

    एमाले बाजुराले सोमबार बिहान अयडी शव अन्तिम श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखेको थियो। त्यहाँबाट शव यात्रा चलाइएको छ।



    त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट मंसिर ४ गते राति ३२ वर्षीय अयडीको ज्यान गएको थियो।



    विवाद हुँदा कुटपिटबाट घाइते भएका अयडी उपचारका लागि अछामको बयलपाटा अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

    यो घटनामा उनका परिवारले हत्यामा २२ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएको छ।

    बयलपाटा अस्पतालमा राखिएको अयडीको शव बाजुरा लगेर अन्तिम श्रद्धाञ्जली दिएपछि दाहसंस्कार गरिएको हो।

    मंसिर ४ गते नै बाजुरामा निर्वाचन सकिएको भएपनि धाँधली भएको उजुरी परेपछि अझै मतगणना हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार