Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुकुम्बासी बस्तीको झडपमा घाइते २६ नगर प्रहरीको नर्भिकमा उपचार हुँदै 

काठमाडौं । काठमाडौं महानगरपालिकाका दुई दर्जनभन्दा बढी घाइते नगर प्रहरीहरुको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भईरहेको छ ।

सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामुढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरुको नर्भिकमा उपचार भईरहेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। .

थापाथलीको सुकुम्बासी बस्तीका घर टहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामुढा प्रहार गरेका थिए ।

उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ ।

अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ । झडपमा घाइते अन्यको समेत नर्भिकमा उपचार भएको थियो ।

अहिले घटनास्थलमा २५० भन्दा बढी नगर प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि परिचालन गरिएको छ।

प्रहरीहरू बस्तीभित्र छिर्न खोजेपछि सुकुम्बासीहरूले टायर बालेर विरोध प्रदर्शन समेत गरिरहेका छन्।

बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेपछि अवस्था तनावग्रस्त बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077