Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

यी २० ठाउँमा बुथ कब्जा भएको एमालेको निष्कर्ष, पुनः मतदानको माग

काठमाडौं । नेकपा एमालेले दोलखा, स्याङ्जा २, बाजुरा र उदयपुर १ मा पुनः मतदानको माग गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुलाई भेटी सुनसरी–४ को मतगणना तत्काल अघि बढाउन पनि आग्रह गरेको छ ।

निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुनः निर्वाचन गर्न दिएको आदेशपछि एमालेले थप केन्द्रहरूमा समेत पुनः मतदान गर्न माग गरेको हो । यसअघि निर्वाचन आयोगले दोलखाका १० स्थानमा पुनः मतदान गर्ने निर्णय गरेकाबाहेक थप २० ठाउँमा पनि सत्ता गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेको एमालेको निष्कर्ष छ।

एमाले महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, निर्वाचन विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको थियो ।

एमालेका अनुसार यी हुन् बुथ कब्जा भएका केन्द्र :

१. कालिञ्चोक १ नम्बर बेगुम्पा मतदान केन्द्र क र ख, दोलखा

२. शैलुङ्ग गाउँपालिका वडा नम्बर २ भुसाफेदा नविन मावि मतदान केन्द्र, दोलखा

३. चापाकोट नगरपालिका वडा नम्बर ३ दिसिङ्गकोट आधारभूत मावि कमेरे, स्याङ्जा

४. चापाकोट नगरपालिका वडा नम्बर ४ को राम मन्दिर मावि दार्सिङ्ग नरसेवा

५. चापाकोट नगरपालिका वडा नम्बर ५ जनसक्रिय आधारभुत विद्यालय चिठ्ठी पोखरी

६. चापाकोट नगरपालिका वडा नम्बर ५ दिनदयालु आधारभुत विद्यालय साटीमुरेका सबै मतदान केन्द्र, स्याङ्जा

७. बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर २ को त्रिभुवनेश्वरी मावि मतदान केन्द्र

८. बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ३ को मष्टेश्वरी आधारभूत विद्यालय,

९. बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ को नाटेश्वरी आधारभूत विद्यालय,

१०. बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ८ को नवदुर्गा आधारभूत विद्यालय,

११. खप्तडछेडा गाउँपालिका वडा नम्बर २ को मालिका मा।वि। मतदान केन्द्र,

१२. खप्तडछेडा गाउँपालिका वडा नम्बर ४ को खापरदेवस्थली मा।वि।

१३. बुढीगंगा नगरपालिका वडा नम्बर ७ शारदा मावि मतदान केन्द्र,

१४. बुढीगंगा नगरपालिका वडा नम्बर ४ थमा मा.वि मतदान केन्द्र,

१५. बुढीगंगा नगरपालिका वडा नम्बर ८ को गिरिखेल्ने आधारभूत विद्यालय मतदान केन्द्र,

१६. बुढीनन्दा नगरपालिका वडा नम्बर ५ को नन्देश्वरी मतदान केन्द्र,

१७. बुढीनन्दा नगरपालिका वडा नम्बर ७ को घटाल आधारभूत विद्यालय,

१८. बुढीनन्दा नगरपालिका वडा नम्बर ९ को हिमाली आधारभूत विद्यालय

१९. हिमाली गाउँपालिका वडा नम्बर ५ को बागेश्वरी आधारभूत विद्यालय

२०. हिमाली गाउँपालिका वडा नम्बर ६ को बढीमालिका मावि मतदान केन्द्र

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077