Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ढुंगामुढा प्रहारबाट घाइते महानगर प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ढुंगामुढा प्रहारपछि घाइते महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई भेटेका छन् ।

प्रमुख शाहले थापाथलीस्थित नर्भिक अस्पतालमा अस्पतालमै पुगेर पाण्डेलाई भेटेका हुन् ।

सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि प्रमुख पाण्डेसहित ३६ नगर प्रहरी घाइते भएका थिए ।

घाइतेमध्ये पाण्डेसहित ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको बताइएको छ । उनीहरूमध्ये तीन जनाको भने आइसियुमा उपचार भइरहेको महानगरले जनाएको छ।

यस्तै उपमेयर सुनिता डंगोल पनि सोमबार साँझ घाइते नगर प्रहरीको अवस्था बुझ्न नर्भिक अस्पतालमा पुगेकी थिइन् । प्रमुख बालेन फर्किएको केहीबेरमै उपमेयर सुनिता डंगोल पनि अस्पताल पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077