Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उरुग्वेलाई हराउँदै पोर्चुगल विश्वकपको नकआउट चरणमा प्रवेश

काठमाडौं । पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह एच अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा सोमबार राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोलले पराजित गरेको हो ।

लगातार दोस्रो जित निकालेको पोर्चुगल एक खेल अगावै नकआउट चरणमा पुगेको हो । यसअघि पहिलो खेलमा पोर्चुगलले घानालाई ३-२ गोलले पराजित गरेको थियो ।

पोर्चुगललाई जिताउन दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । दुवै गोल दोस्रो हाफमा गरेको पोर्चुगलका लागि ब्रुनोले ५४ अ‍ौं मिनेटमा राफायल गुरेईरोको पासमा खाता खोले ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै टोलीलाई सजिलै जिताए । जितसँगै ६ अंक बनाएको पोर्चुगल शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको घानाको तीन अंक छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077